
क्याम्ब्रिज विश्वविद्यालयले गत सोमबार आफ्नो ‘वेबसाइट’मा सार्वजनिक गरेपछि अहिलेसम्म २० लाखभन्दा बढी मानिसहरुले अनलाइन पढेको र उक्त वेबसाइटसमेत ‘क्र्याश’ भएको बताएको छ ।
प्रोफेसर हकिंग्सले सन् १९६६ मा नै ‘प्रोपटिज् अफ एक्सप्यान्डिंग यूनिभर्सेस्’ अर्थात ब्रह्मान्ड विस्तारको सम्पत्ति शीर्षकमा शोध गरेका थिए ।
विश्वविद्यालयका अनुसार अहिलेसम्म कै सबैभन्दा लोकप्रिय मानिएको हकिंग्सको उक्त ‘पीएचडी थेसिस्’ ५ लाखभन्दा बढी मानिसहरुले ‘डाउनलोड’ गरेका छन् ।
विश्वविद्यालयका सन्चार प्रमुख डा.आर्थर स्मिथले यस आंकडालाई ‘स्मरणयोग्य’ तथ्यांक भनेका छन् । उनले भने, ‘यो विश्वविद्यालयको एपोलो रेपोजिटोरी अन्त्रगत सबैभन्दा बढी रुचाइएको विषय भएको छ, जुन टाढा–टाढाका मानिसले सजिलै पढ्न पाउनेछन् ।’
उनले प्रोफेसर हकिंग्सको ‘पीएचडी थेसिस्’ सबैलाई काम लाग्ने बिषय भएकोले सार्वजनिक गरेको बताए ।
सन् १९४२ जनवरी ८ मा जन्मिएका हकिंग्सले उक्त १३४ पृष्ठको ‘पीएचडी थेसिस्’ २४ वर्षको उमेरमा सन् १९६६ क्याम्ब्रिजको ट्रिनिटि हलमा स्नाताकोत्तर अध्ययनरत समयमा लेखेका थिए ।
सन् १९६२ देखि क्याम्ब्रिज मै रहेको हकिंग्सले ‘एस्ट्रोफिसिस्टिक’ र त्यसपछि सबैभन्दा प्रभावशाली ‘अ ब्रिफ हिस्ट्रि अफ टाइम’ पुस्तक लेखेका थिए ।
उनलाई ब्रह्मान्डको ज्ञान भएको वैज्ञानिकको रुपमा चिनिन्छ । उनले ब्रह्मान्ड र समयका बारेका पुस्तकमार्फत व्याख्या गरिसकेका छन् ।
‘बीबीसी‘का अनुसार यसअधि हकिंग्सको उक्त थेसिस् अध्ययनको लागि क्याम्ब्रिज विश्वविद्यालयमा उपस्थित भई करिव ९ हजार रुपैयाँ तिरेर फोटोकपी लिनुपर्ने व्यवस्था थियो ।
विश्वविद्यालयले उक्त थेसिस् सार्वजनिक गर्नुको उद्धेश्य अध्ययनकर्ताहरुलाई थप ज्ञान हासिल गर्न प्रोत्साहित गर्नु रहेको उल्लेख गरेको छ । एजेन्सी
थेसिस् पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्