जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोट भएका हुन् ।
छनोट भएकामध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको छन् । यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन् ।
छनोटमा पर्न सफल म्यादी प्रहरीले आजदेखि सुरक्षासम्बन्धी तालिम लिने छन् ।
म्यादी प्रहरीमा भर्ना हुन पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए ।
यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरी खटिएका थिए ।










प्रतिक्रिया दिनुहोस्