सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट, १४ जनाको मृत्यु • Image Khabar Image Khabar


सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट, १४ जनाको मृत्यु


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार ०९:३२

सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट, १४ जनाको मृत्यु

पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए ।

दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् ।

विष्फोटको जिम्मा लडाकु समूह अल सबाबले लिएको छ ।

प्रान्तिय नेताहरु अल सबाब विरुद्धको एकीकृत रणनीति तयार गर्न भेला भएको मौका छोपी अल सबाबले आक्रमण गरेको अधिकारीहरुले अनुमान गरेका छन् ।

दुई हप्ता अघि अल सबाबले गरेको विष्फोटमा कम्तिमा ३ सय ५० जना मारिएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्