५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


‘बौद्धस्तुपमा जथाभावी सजावटका काम नगरियोस्’


0
Shares

काठमाडौं, पुस १९ । काठमाडौंको घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्तुपमा जथाभावीरुपमा सजावटका काम गरेपछि काठमाडौं महानगरपालिकाले त्यसो नगर्न सचेत गराएको छ ।

सो गुठीले बौद्धस्तुपमा ड्रिल गरी किला ठोकेको पाइएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–६ ले बिहीबार बौद्धस्तपुको परिसरमै कार्यक्रम गरी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा पुरात्व विभागको स्वीकृति नलिइ कुनैपनि काम गर्न नपाइने स्पस्ट पारेको हो ।

कार्यक्रममा महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सम्पदा सूचीकृत क्षेत्रमा हुने गरेका अवैध क्रियाकलाप रोकेर सम्पदाको संरक्षण गर्नुपर्ने बताइन् ।

सम्पदा क्षेत्रमा रहेका भवनहरुमा एकरुपता कायम गर्नुपर्ने, होर्डिङ बोर्डको निश्चित आकार–प्रकार लागू गर्नुपर्ने, मदिरा विज्ञापनमा प्रतिबन्ध गर्नुपर्ने, पूजापाठमा स्पस्ट नीति हुनुपर्ने तथा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्नेलगायतका ८ बुँदे योजनासमेत प्रस्तुत् गरिएको थियो ।