Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


डेँगु रोगको संक्रमणले तराइ झर्न डराउँछन् पहाडिया


0
Shares

डेँगु रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर, महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउँछन् ।

व्यापारी, बालबालिका पढाउने अविभावक र सुविधायुक्त अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जानेहरु अहिले चिन्तित छन् । विर्तामोड अहिले डेँगु प्रकोप क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत चिन्तित छन् ।

लत्ताकपडा, निर्माण सामग्रीदेखि सम्पूर्ण दैनिक उपभोग्य वस्तुको खरिद केन्द्र काँकडभित्ता, दमक र बिर्तामोड महत्वपूर्ण मानिन्छन् । डेँगु प्रकोपदेखि डराएका कारण तराइ झर्ने यात्रुको संख्या पनि दिनदिनै घट्दै गएको सवारी साधान सन्चालकहरू बताउँछन् । रासस

Skip This