Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘वाइडबडी’ खरिद प्रकरणः अनियमिततामा संलग्न छैन : पूर्वमन्त्री शाही


0
Shares

काठमाडौं, पुस १९ । पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले ‘वाइडबडी’ विमान खरिद प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत् गठित उपसमितिको प्रतिवेदनमा शाहीलाई पनि दोषी ठहर गरिएकोमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू अनियमिततामा संलग्न नरहेको बताएका हुन् ।

आफू पर्यटनमन्त्री बन्नुभन्दाअघि नै विमान खरिद प्रक्रियाको टेन्डर भइसकेको भन्दै उनले आफूले बैना रकम पठाउनका लागि विदेशी मुद्रा सटहीका लागिमात्रै सिफारिस गरेको दाबी गरेका छन् ।