
टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले राजनीतिक प्रतिद्वन्द्वीहरुले तेलका लागि धनी मानिएको किरकुक क्षेत्र कुनै लडाईं बिना नै इराकी फौजलाई दिएर देशद्रोह गरेको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।
तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् । कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व उनले गर्दै आएका थिए ।
कुर्दिस्तानमा गत २५ सेप्टेम्बरमा स्वतन्त्रतासम्बन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यो इतिहासलाई मेटाउन नसकिने बताए ।
बर्जानीले राजीनामा दिएपछि उनका समर्थक भने असन्तुष्ट बनेका छन् । केहीले विरोध प्रदर्शन गरेका छन् ।
हातमा लाठी लिएकाहरु सडकमा उत्रिएर प्रदर्शन गरेको र गोली चलेको आवाजसमेत सुनिएको बताइएको छ ।
इरबिलस्थित कुर्दिस संसद्मा पनि आक्रोशपूर्ण दृष्य देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जनमत संग्रहपछि कुर्दिस्तानमा परिस्थिति भड्किएको थियो र कुर्दहरुले ठूलो भूभाग गुमाएका थिए ।
तेलको खानी किरकुक क्षेत्र इराकी फौजले कब्जामा लिएको छ ।
प्रतिद्वन्द्वीहरुले किरकुकलाई बिना संघर्ष सेनालाई बुझाएर देशद्रोह गरेको आरोप बर्जानीले लगाउँदै आएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्