२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


अमेरिका, दक्षिण कोरिया र जापानी रक्षा अधिकारीद्वारा उत्तर कोरियालाई चेतावनी


0
Shares

अमेरिकी प्यासिफिक कमान्डको मूख्यालय हवाइमा वार्तापछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहीपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।

उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बताइएको छन् । केही दिनअघि मात्रै पनि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्तिसम्पन्न उत्तर कोरिया कहिल्यै नस्वीकार्ने बताएका थिए ।

त्यसअघि, उत्तर कोरियाली कूटनीतिज्ञ च्वे सनहीले उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिकालाई आग्रह गरेकी थिइन् ।

प्योङयाङको लगातारको क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । यसै विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच आरोपप्रत्यारोप नै चलेको छ । एजेन्सी