
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार दिउँसो ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।
अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्