९ असार २०८२, सोमबार | Mon Jun 23 2025


निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


0
Shares

सोमबार सदरमुकाम हेटौंडामा गरिएको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रियामा प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले चुनावलाई स्वच्छ बनाउन र प्रचार–प्रसार भड्किलो नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।

उनले आगामी निर्वाचनमा मनोनयनदेखि मतदान तथा मतगणनासम्म आचारसंहितालाई व्यावहारिकरुपमा दलहरुले पालना गर्नुपर्नेमा पनि जोड दिए ।

दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मनोनयन दर्ताका दिन उम्मेदवारले भर्नुपर्ने मनोनयनपत्रको विषयमासमेत जानकारी गराइएको थियो ।