
स्पेनले अस्थाई कदमका रुपमा १५० जना क्षेत्रीय क्याटलन मन्त्रीहरुलाई हटाउँदै छ । उनीहरुको स्थानमा स्पेनी अधिकारीहरुलाई राखिने छ । केहीलाई भने निरन्तरता दिइने छ ।
मड्रिडले एकपक्षिय रुपमा स्वतन्त्रताको पक्षमा मतदान गर्ने क्याटलोनियाको निर्णयलाई उल्ट्याउन स्पेनीस संवैधानिक अदालतलाइ निर्देशन दिइसकेको छ । बर्खास्त गरिएका क्याटलन नेता कार्लेस पुज्डमोन लगायत अरु क्याटलन अधिकारीविरुद्ध आपराधिक मुद्धा चलाइने सम्भावना रहेको बताइएको छ ।
यद्यपि मड्रिडको यस्तो कदमविरुद्ध विशाल विरोध प्रदर्शन हुने अनुमान गरिएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रीय संसद्का लागि आउँदो डिसेम्बर २१ मा ताजा चुनाव गर्न निर्देशन दिएको छ ।
शुक्रबारमात्र मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको क्षेत्रिय संसद् भंग गरेको थियो । स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्