
आइतबार (हिजो) बिहान महालक्ष्मी देवीको मूलपिठबाट तान्त्रिक विधिबाट पूजा गरी महालक्ष्मी देवीको मूर्ति खटमा राखी बलम्बु नगरपरिक्रमा गराइएको हो ।
महालक्ष्मी देवीसँगै कुमारी र गणेशको पनि जात्रा गरिएको थियो । कुमारी देवीको भने ढकीमा राखी जात्रा गरिएको थियो ।
तान्त्रिक विधिबाट मध्यरातमा बलम्बुको महालक्ष्मी देवीमा दिइएको पशुबलिको मासु सोमबार कुमारी देवीलाई चढाउने गरिन्छ ।
लिच्छविकालमा शिताटी गुल्मक नामले चिनिएको बलम्बुका वासीलाई यो जात्रा बडादसैं र तिहारभन्दा महत्वपूर्ण हो ।
सोमबार स्थानीय बासिन्दाले आफन्त र इष्टमित्रहरुलाई बोलाएर भोज खुवाउने चलन रहेको छ ।
हाल भास्तिपुर बलम्बु चन्द्रागिरि नगरपालिका–१२ अन्तर्गत् पर्दछ भने यहाँ लिच्छविकाल ऐतिहासिक महत्वका बौद्ध संरचनाहरु र पुरातात्वयिक मठ–मन्दिरहर रहेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्