
मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुँदैछ ।
पौराणिक कथाअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन ।
तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि अब उत्तम मानिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए ।
त्यस्तै भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ । आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ ।
घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ ।
आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लागेको छ ।
प्रतिक्रिया दिनुहोस्