Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


ठूला दरका भारतीय नोट प्रतिबन्धले सीमा क्षेत्रको व्यापारमा असहज


0
Shares

दीपक घिमिरे/ईमेज

भैरहवा । नेपाल सरकारले १ सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि धेरैतिर प्रत्यक्ष असर परिरहेको छ ।

नोट प्रतिबन्धले उद्योगी–व्यवसायीका साथै श्रमजीवी समेत प्रभावित भएका छन् । कतिपयले यसलाई हतारको निर्णयको परिणामसम्म भन्न थालिसकेका छन् ।

रुपन्देहीका सीमा क्षेत्रमा अहिले भारतीय रुपैयाँ सटही गर्नेहरुको घुइँचो देखिन्छ । भन्सार नाका भएकाले मालबाहक सवारीलाई दिनुपर्ने भारतीय पैसा यहाँका व्यवसायीसँग छैन ।

अर्कोतिर भारतमा काम गर्न गएका नेपालीहरु र नेपालमा काम गर्न आएका भारतीय र पर्यटकहरु समेत त्यसको मारमा परेका छन् । कतिपयले त सरकारको यो कदमलाई हतारको निर्णय भनेर टिप्पणी गरिरहेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले नोट प्रतिबन्धको निर्णयले धेरैलाई अप्ठ्यारो पारेकाले यसलाई सच्याउनुपर्ने धारणा राख्छन् ।

नेपाल–भारतबीच सहज आवतजावतका कारण नेपालमा भारतीय रुपैयाँ अत्याधिक प्रयोग हुने भएकाले नोट प्रतिबन्ध लगाउन नहुने कतिपयको तर्क देखिन्छ ।

भारतीय ठूला नोट प्रतिबन्ध लगाएपछि यहाँका होटलमा बास बस्न तथा अस्पतालमा उपचार गर्न आउने भारतीय नागरिकहरु फर्किन थालेका छन् ।

मनिचेञ्जर व्यवसायीहरु पनि सरकारले अन्य मुलुकको जस्तै यहाँ पनि विकल्प दिनुपर्ने बताउँछन् ।

सरकारले नोटमा रोक लगाएपछि रुपन्देही प्रहरीले पनि प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार नगर्न आग्रह गरेको छ ।