Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


अरिंगालको टोकाइबाट बालिकाको मृत्यु


0
Shares

मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा अरिंगाललले टोकेको प्रहरीले जनाएको छ । मृतक ठगुन्नालाई अरिंगालले टोक्ने बित्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ पठाइएको थियो ।

११ वर्षीया बालिका ठगुन्नाको मंगलबार पिथौरागढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घाँस काट्ने क्रममा उनीसँगै रहेकी उनकी आमा पार्वती ठगुन्नालाई पनि अरिंगालले टोकेको छ । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । -रासस