२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पेट्रोलियम पदार्थको मूल्य घटाइयो


0
Shares

काठमाडौं, पुस १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बुधबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँले मूल्य घटाएको हो ।

योसँगै पेट्रोल प्रतिलिटर १०८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।