Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


एसियाका युवा बैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


0
Shares

त्रिभुवन विश्वविद्यालय व्यवहारिक बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आयोजना गरेको सम्मेलनमा १२ मुलुकका १ सय ५० युवा बैज्ञानिक सहभागि हुनेछन् ।

विद्यालय र क्याम्पसस्तरका बिद्यार्थीको खोज अनुसन्धानलाई उनीहरुकै बीचमा प्रतिष्पर्धा गराई बैज्ञानिक क्षमता उजागर गर्ने, अनुसन्धानात्मक क्रियाकलाप एकापसमा आदानप्रदानगरी बिज्ञान र प्रविधिको क्षेत्रमा युवाको सहभागिता बढाउने उद्देश्य सम्मेलनको छ ।

एशिया प्यासिफिक क्षेत्रमा चलिरहेको बिज्ञान र प्रविधिको अभियानलाई थप अनुसन्धानमुलक र प्रविधियुक्त बनाउन सम्मेलनमा छलफल हुने त्रिभुवन विश्वबिद्यालय व्यवहारिक बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख प्राध्यापक डा. रामेश्वर अधिकारीले बताए ।

नेपाल जस्तो बिज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको मुलुकका लागि सम्मेलन उपलब्धिमुलक बन्ने विश्वास आयोजकको छ ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा बिभिन्न देशका युवा बैज्ञानिकले कार्यपत्र पेश गर्नेछन् । सम्मेलनको नारा हाम्रो युवा बैज्ञानिक, हाम्रो क्षमता, हाम्रो आशा रहेको छ ।