Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेप्से बुधबार पनि झर्‍यो


0
Shares

काठमाडौं, पुस १८ । बुधबार पनि पुँजीबजार ‘वियरिस ट्रेन्ड’मै रह्यो ।

यसदिन सेयरबजार परिसूचक नेप्से ५ अंक बढीले झरेर ११ सय ८० विन्दुमा आइपुग्यो ।

कारोबार सुरुआती समयदेखि नै नेप्से घटेको थियो ।

यसदिन व्यापार र लघुवित्त समूहबाहेक कारोबार भएको अरु सबै समूहमा गिरावट आयो ।

यसदिन कारोबार पनि घट्यो । १५४ कम्पनीका ७ लाख ५१ हजार कित्ता सेयर २५ करोड ७६ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।