Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मिस नेपाल शृंखला वाणिज्य बैंकको ‘ब्रान्ड एम्बासडर’ नियुक्त


0
Shares

काठमाडौं, पुस १८ । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल २०१८ शृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ ।

बैंकले बुधबार पत्रकार सम्मेलन गरी खतिवडालाई बैंकको व्यवसाय प्रवद्र्धनका लागि सद्भावनादूत नियुक्त गरेको जनाएको हो ।

मिस नेपाल आयोजक हिडन ट्रेजर र बैंकबीच खतिवडालाई सद्भावनादूत नियुक्त गर्ने समझदारी गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक मिस नेपाललाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मिस नेपाल २०१८ शृंखला खतिवडाका माध्यमबाट बैंकले आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने बताए ।