१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


विद्यालय बन्द गरेर राष्ट्रपतिको स्वागत


0
Shares

झापा, पुस १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्र सरकारको मातहतमा रहेका कृषिफर्म र परियोजनालाई प्रदेश तथा स्थानीय तहलाई जिम्मा दिनुपर्ने धारणा राखेकी छन् ।

बुधबार झापाका दुई छुट्टा–छुट्टै कृषि परियोजना र फर्मको अवलोकन गर्न झापा आएकी राष्ट्रपति भण्डारीले सरकारले कृषि परियोजनालाई सुधार गरी कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

झापाको गौरादहमा रहेको नमुना कृषि परियोजना र शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगी कृषिफर्मको अवलोकनका लागि राष्ट्रपति आउने भएपछि सो क्षेत्रका आधादर्जन विद्यालय बन्द गरी विद्यार्थी र शिक्षकसमेत कार्यक्रमस्थलमा स्वागतका लागि जम्मा भएका थिए ।