Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


धादिङ बस दुर्घटनास्थलको स्थलगत अनुगमन


0
Shares

टोलीले सडकको अवस्था, सडकछेउमा राखिएका कन्फिडेन्टवाल र ग्याभिन जाली सबैको निरीक्षण गरेको थियो ।

त्यसक्रममा छानबिन समितिका सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्र शर्मा काफ्लेले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने बताए ।

राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बस गजुरी गाउँपालिकास्थित घाटबेसीको बांगे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा बसमा सवार ३१ यात्रीको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता भएका छन् ।

बसका चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।