Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पिकनिक खाएर फर्कंदै गरेको जिप दुर्घटना, दुईजनाको मृत्यु, १७ घाइते


0
Shares

बुधबार बिहान सुर्खेतबाट कुपिन्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जिप फर्कनेक्रममा दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यकाअनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जिपमा सवारमध्ये १७ जना घाइते छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस