आगामी कात्तिक २४ गते मनाउन लागिएको सिन्धुलीगढी विजयोत्सव कार्यक्रमलाई सफल बनाउने उद्देश्यले सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमा र्याली निकालिएको हो ।
सिन्धुलीमाडीको लोकतान्त्रिक चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयबासीलगायतको सहभागिता रहेको थियो ।
सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा सिन्धुलीगढी विजयोत्सवलाई भव्य रुपमा मनाउन एक हप्तासम्म विभिन्न कार्यक्रम सन्चालन हुने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्