Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


धादिङ बस दुर्घटनामा बेपत्ता एकजनाको शव भेटियो, मृतकको संख्या ३२ पुग्यो


0
Shares

दुर्घटनामा बस त्रिशूली नदीमा खस्दा सप्तरीको राजविराज नगरपालिका घर भएका १८ वर्षीया पूजा झा, तीन वर्षीया प्रतीक झा र सप्तरीकै कल्याणपुर, मुसनीका २५ वर्षीय अभिन्नद चौधरी बेपत्ता भएका थिए ।

प्रहरीले बिहीबार फेलापारेको शव मुसनीका अभिन्नद चौधरीको हुनसक्ने अनुमान गरेको छ । योसँगै सो दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको सो बस घाटबेसीको बांगेबाट त्रिशूली नदीमा खस्दा बसमा सवार ३१ यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।