
जनकपुर, पुस १८ । जनकपुरबाट प्रहरीले चोरीका सामान र चोरीमा प्रयोग गरिएको सामग्रीसहित तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले चोरी भएका गरगहना, एलइडी टीभी, कपडा, मोबाइल र चोरीमा प्रयोग गरिएको खुकुरी तथा ग्यास सिलिन्डरसहित मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४, महावीरचोकका २२ वर्षीय अभिमन्युकुमार साह, महोत्तरी, औरही नगरपालिका–३, सोनामाईका १८ वर्षीय रमेशकुमार यादव र धनुषा, औरही गाउँपालिका–१ का २१ वर्षीय इलियाकत राइन छन् ।
प्रतिक्रिया दिनुहोस्