
डडेल्धुरा, पुस १८ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट स्मार्ट लाइसेन्स नवीकरण सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको तत्कालीन महाकाली अञ्चलमा दर्ता भएका र अनुमतिपत्र लिएका सवारीचालकहरुको सुविधालाई ध्यानमा राखी २०७२ सालमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले बुधबारदेखि स्मार्ट लाइसेन्स नवीकरण तथा प्रतिलिपि सेवा आरम्भ गरेको हो ।
जिल्लामै नवीकरण सुरु गरिएपछि कन्चनपुर, बैतडी र दार्चुलाका सेवाग्राहीहरु पनि लाभान्वित हुने भएका छन् ।
कार्यालयको आफ्नै भवन नहुँदा भने समस्या भएको छ । निकट भविष्यमै प्रदेशस्तरीय सेवाहरु पनि सन्चालन हुने यातायात व्यवस्था विभाग काठमाडौंका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्