२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


कोलकाता बन्दरगाहबाट सामान छुटाउनै कठिन


0
Shares

बन्दरगाह अस्तव्यस्त हुँदा सामान निकाल्न कठिन भएको आयातकर्ताको गुनासो छ । बाहिरबाट आएका कन्टेनरले सामान पुर्‍याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी विलम्ब शुल्क तिर्नुपर्ने भएको छ ।

भारतको कोलकाता बन्दरगाहको व्यवस्थापनको कमजोरीका कारण आयातकर्ताले प्रतिकन्टेनर झन्डै डेढ लाख रुपैयाँ थप खर्चिनुपरेको आयातकर्ताको दाबी छ । आयातकर्ताले सामान नेपाल भित्र्याउन पनि सकिरहेका छैनन् ।

गत असोजदेखि आएका अधिकांश कन्टेनर अझै कोलकाता बन्दरगाहमै थन्किएका छन् । कन्टेनर बन्दरगाहमा आएदेखि सिपिङ कम्पनीले बिलम्ब शुल्क जोड्न थाल्छन् ।

कन्टेनर गन्तव्यमा पुगेर बन्दरगाहसम्म फर्किनका लागि औसतमा १५ देखि २१ दिनसम्म ‘फ्रि’ समय हुन्छ । आयातकर्ताका अनुसार सिपिङ कम्पनीले उपलब्ध गराएको फ्रि समय कोलकाता बन्दरगाहबाट कन्टेनर जाँचपास गराउनैमा लाग्न थालेको छ । –कान्तिपुर दैनिकबाट