६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पानी नपर्दा कपिलवस्तुका किसान चिन्तित


0
Shares

विनोद भट्टराई (इमेज)

कपिलवस्तु, असार १६ । असार १५ बितिसक्दा पनि पानी नपरेपछि कपिलवस्तुका किसान चिन्तित बनेका छन् ।

धान रोप्ने समय सुरु भइसक्दा पनि पानी नपरेपछि उनीहरु चिन्तित भएका हुन् ।

सरकारले यो वर्ष पनि असार १५ गते राष्ट्रिय धान दिवस मनाइसकेको छ । तर, कपिलवस्तुका किसान पानीका कारण धान रोपाइँ गर्न नपाउँदा निराश भएका छन् ।

देशका विभिन्न ठाउँमा रोपाइँ भइरहे पनि आकाशेपानीको भरमा रोपाइँ गर्दै आएका किसान भने आकाशतिर हेर्द सुस्ताउँदै गरेका देखिन्छन् । बल्लतल्ल राखेको धानको बीउ पनि सुक्न थालेको गुनासो किसानको छ ।

जिल्लामा अहिलेसम्म १० प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुले जनाएको छ ।