Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सेनाको नजरमा यी हुन् निर्वाचन सुरक्षाका चुनौती


0
Shares

भद्रकालीस्थित सैनिक मूख्यालयमा पृतना बैठक गर्दै सेनाले मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेको हो । स्थानीय निर्वाचनमा देखिएको सुरक्षा अवस्थालाई आधार मान्दै आसन्न निर्वाचनमा पनि सुरक्षा प्रबन्ध गरिनुपर्ने निचोड सेनाले निकालेको छ ।

साना हतियार, गठबन्धन कार्यकर्ताबीच हुनसक्ने झडप, निर्वाचन बहिष्कारवादी र विखण्डनकारी समूहबाट निर्वाचनमाथि सुरक्षा चुनौती रहन सक्ने आँकलन सेनाले गरेको छ । उक्त चुनौती सामना गर्दै निर्वाचनलाई निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न सेनाले ध्यान केन्द्रित गर्ने निष्कर्ष पनि निकालिएको छ ।

बैैठकमा सुरक्षाको क्षेत्रगतस्थिति, सुरक्षा योजना र विगतको समीक्षा पनि गरिएको छ ।

निर्वाचन भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न सेनाको सम्पूर्ण ध्यान केन्द्रित भएको सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले जानकारी दिए । सुदृढ सुरक्षाका लागि सेनाले ६० हजार २० जना सैनिकलाई मैदानमा खटाएको प्रवक्ता दाहालले जानकारी दिए ।

अहिले मतपत्र छपाईको सुरक्षा जिम्मा लिएको सेनाले मतपत्र ढुवानीका क्रममा सम्पूर्ण सुरक्षा गर्नेछ । मतदान केन्द्रमा बम डिस्पोजल टोली पनि खटाइने उनको भनाइ छ । विगतमा झै यस पटक पनि सेनाले सुरक्षाको तेस्रो घेरामा खटिएर सुरक्षा प्रदान गर्नेछ ।