Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही


0
Shares

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएकोे जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु ३ लाख ३१ हजार ७५६ राजश्व असुलीसमेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरुपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, पाँच थान स्टेप्लेजर, तीन थान पंखा र एक थान फ्रिजसमेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताए । रासस