Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


‘बालिका बलात्कार गरी आँखा फुटाउनेलाई हदैसम्मको कारबाही होस्’


0
Shares

अगुवाले शुक्रबार प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख तथा एआइजी वमबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गरी संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

भोजपुर जिल्लाको आम्चोक गाउँपालिका–९ दुम्माना कि १४ वर्षीया बालिकालाई यही कात्तिक ११ गते सोही गाउँमा बस्ने सन्तोष श्रेष्ठ (वर्ष २२) ले बलात्कार गरी ज्यान मार्ने उद्देश्यले आँखा फुट्ने गरी यातना दिई गम्भीर घाइते बनाएका थिए ।

दलित नागरिक समाजमा आबद्ध दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली, नेपाल दलित महिला उत्थान संघका अध्यक्ष पम्फा परियार, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित कल्याण संघका अध्यक्ष मोतिलाल नेपाली, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष रामलखन हरिजन र समता फाउन्डेशनका अनुसन्धानकर्ता गोपाल वादीले ज्ञापनपत्र बुझाएका हुन् । रासस