Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


रसुवागढीमा एकीकृत भन्सार कार्यालय निर्माणको काम सुरु


0
Shares

रसुवा । नेपाल र चीन बीच संञ्चालनमा रहेको अन्तर्राष्ट्रिय नाका रसुवागढीमा एकीकृत भंन्सारको निर्माणको कार्य सुरु भएको छ ।

दुई बर्षअघि सर्वोच्च अदालतमा परेको रिट निवेदन केही समयअघि खारेज भएसंगै रसुवागढीमा एकिकृत भंन्सार कार्यालय निर्माणले गति लिएको हो ।

तीन बर्षभित्र निमार्ण सम्पन्न गरिने सम्झौता रहे पनि लामो समय अदालती कामले समय पर धकेलेकाले अबको दुई बर्षमा काम पुरा गर्ने गरि काम अगाडि बढाइएको ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभि कन्ट्रक्सनले बताएको छ ।

५४ करोड ५ लाख ५५ हजारको लागतमा निमार्ण सुरु गरिएको एकिकृत भवनमा भंन्सार, क्वारेन्टाइन, अध्यागमन, एकिकृत जाँच चौकी रहने छ ।

भवन निर्माणपछि यस नाकाबाट आयात तथा निर्यात हुने वस्तुहरुको चेक जाँच गर्न सहज भई अवैध कृयाकलाप रोक्न सकिने भंन्सार प्रमुख पुन्य बिक्रम खड्काले बताए । 

 

 

Skip This