Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मिनीट्रकको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु


0
Shares

सडकमा ‘अनटेष्ट’ लेखिएको मिनीट्रक पछाडि फर्काउँदा सडकमा खेलिरहेकी रामेछाप गोठपानी ७ घर भई हाल बालकोट बस्ने तीन वर्षीया तपस्या श्रेष्ठको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बालिकाको उपचारका क्रममा किष्ट अस्पताल ललितपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसार भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । रासस