Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेप्सेको बैंकिङ इन्ट्रिगेसनसहितको कारोबार सुरु


0
Shares

काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेन्जले बैंक इन्ट्रिगेसनसहितको स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुआत गरेको छ ।

नेप्सेले सुरु गरेको यस कारोबारसँगै लगानीकर्ताले ब्रोकरकोमा जानुपर्ने झन्झटको अन्त्य भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

अहिले यसका लागि चारओटा बैंकसँग इन्ट्रिगेसनको काम गरेको छ ।

नेप्सेले आगामी दिनहरुमा अन्य बैंकहरुसँग कारोबारका लागि सम्झौता गर्ने तयारी गरिरहेको उनले बताए ।

नेप्सेले हाल ग्लोबल आइएमइ बैंक, प्रभु बैंक, सिदार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई सेयर राफसाफका लागि अनलाइन बैंकिङ प्रणालीमा समावेश गरेको छ ।

नेप्सेले गत कात्तिक २० गतेबाटै अनलाइन कारोबार सुरु गरे पनि विभिन्न कारणले गत मंसिर २३ गतेबाट युजर आइडी र पासवर्ड दिन सुरु गरेको थियो ।

तर, हालसम्म जम्मा १०० जना लगानीकर्ताहरुलेमात्र यस्तो कारोबारका लागि युजर नेम र पासवर्ड लिएको बताइएको छ ।

प्रविधिको प्रयोगमा अभ्यस्त भइनसक्दा यस्तो प्रविधि प्रयोग गर्नेको संख्या बढ्न नसकेको जनाइएको छ ।