गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको उजुरीलाई आधार मान्दै अख्तियारले बयानका लागि बोलाएको हो ।
अर्यालसँग अख्तियारले १३ पन्ने सम्पत्ति विवरण पनि भराएको छ ।
यसैगरी, अख्तियारले सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ ।
अकूत सम्पत्ति आर्जनको आशंकामा अख्तियारले डेढ सयभन्दा बढीमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्