Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दनुवार समुदायमा संस्कृति संरक्षणको अभियान(भिडियो)


0
Shares

परम्परागत रितिरिवाज र संस्कृति लोप हुन थालेपछि दनुवार समुदाय एकजुट भएर संरक्षण अभियान शुरु गरेका हुन् ।

पछिल्लो समयमा आयातित सँस्कृति र रितिरिवाजले सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीको कला, सँस्कृति, रितिरिवाज, धर्म, सँस्कार हराउँदै गएको अवस्थामा दनुवार युवाहरुकै अगुवाईमा सँस्कृति संरक्षणको अभियानको थालनी गरिएको हो ।

दनुवार समुदायको कला, सँस्कृति र रिति रिवाजको संरक्षण गर्न सरकारी निकायले कुनै पहल नगरेको भन्दै दनुवारहरुले आफै जागरुक भै जातीय सँस्कृति रितिरिवाजको रक्षाका समुदायले आफ्नो कला सस्कृतिको प्रदर्शन गरेका हुन् ।

युवतीहरुले कलश यात्रा गर्नुका साथै दनुवार जातीका पाका कलाकारहरुले झली मिर्धुम बजाएर दुनुवारी भाषामा गीत गाएका थिए ।

सिथौंलीको कमला नदीको बगरमा पहिलो पटक आयोजना गरिएको दनुवार जातीको कार्यक्रम अवलोकन गर्न दनुवार जातीका बुढापाका, बृद्धबृद्धा र युवा युवतीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कमलाखोच क्षेत्रमा विगत परम्परागत रुपमा माछा मारी जीवन यापन गर्दै आएका सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीमा शैक्षिक र सामाजिक रुपान्तरण भएतापनि उनीहरुको सँस्कार र सँस्कृति भने हराउँदै जान थालेको छ ।

दनुवार जातीको मुख्य चाड ठुलो एकादशी मानिन्छ भने बर्खी नांचलाई मुख्य नाँच मानिन्छ ।

सिन्धुलीको कमलानदी आसपासका रानीबास, निपाने, सिथौंली, हत्पते, टाडी, हर्षाही, दुधौंली, लदाभीर र मरिणखोला क्षेत्रका मरिण र वागमती नदी आसपासका गाविसहरु महेन्द्रझ्याडी र पिपलमाडीमा लोपुन्मुख र सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीको बसोबास स्थल मानिन्छ ।