Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु


0
Shares

बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी रहेका छन् ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर मगरको अवस्था गम्भीर छ ।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिप चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।