Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने मन्त्रिपरिषदको निर्णय


0
Shares

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी ग्रामीण सडक स्तरोन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्ने बताए । सरकारले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ । (रासस)