पूर्णिमाको दिन पारेर लोमान्थाङ दरवार परिसरमा पूर्वराजा जिग्मे परवल बिष्टको ३ दिने ‘बर्खीपुजा’ समेत गरियो ।
पुजामा सहभागी हुन उपल्लो मुस्ताङका सयौ स्थानीयवासी लोमान्थाङ दरबार पुगेका थिए ।
पूजामा सहभागी हुन पूर्व राजपरिवारका सदस्य, स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु र पूर्वराजाका शुभेच्छुक यतिबेला लोमान्थाङ पुगेका छन् ।
बौद्ध धर्मिक परम्परा अनुसार पूर्वराजाको बर्खीपुजा थालिएको हो । पुजामा दर्जनौ लामाहरुले धार्मिक बिधी अनुसार पूजापाठ गरी सुद्धिकर्म गरेका छन् ।
सोमवारसम्ममा पूर्वराजाको पूजा समापन हुने दालोमे गाउँपालिका अध्यक्ष राजु बिष्टले जानकारी दिए ।
‘राजाको बर्खि सकिदै छ, सोमवार उपल्लो मुस्ताङवासीलाई निमन्त्रण गरी खाना खुवाईने छ,’ उनले भने ‘राजसस्था नरहेपनि मुस्ताङी राजा जनता माझ लोकप्रिय छन्, पूर्वराजाको अभाव अवको पुस्तामा खडकिरहने छ ।’
यस्तै पूर्व राजपरिवार सदस्य ईन्द्रधारा बिष्टले पूर्वराजा जनताको मनमस्तिकमा सधै रहिरहने उल्लेख गरे ।
उनले सधै जनताको सुख–दुःखको सारथी बनेर उपल्लो मुस्ताङमा निष्पक्ष कार्यसम्पादन गरेका राजालाई सताब्दी सम्मपनि बिर्सन नसकिने बताए ।
उनले पूर्वराजा बितेको एक वर्षमा धार्मिक अनुष्ठान र पुजापाठ गरिएको बताए ।
‘नेपालमा राजसंस्थाको अन्त्य भएको र उपल्लो मुस्ताङमा पूर्वराजाको देहान्त भएपनि यहाँका स्थानीयले मुस्ताङ राजसंस्थालाई कहिल्यै भुल्न नसक्ने बताउँछन् ।
मुस्ताङमा राजसंस्थाको भौतिक संरचना र राजसंस्था कायमै छ । उपल्लो मुस्ताङको अगुवाई गर्न स्वर्गीय बिष्टका परिवारले योगदान दिईरहेको बताइन्छ ।
पूर्वराजा बस्ने ऐतिहासिक लोमान्थाङ दरबार भूकम्पका कारण चर्किएको छ ।
यहाँ रहेका पुतात्वीक सम्पदा र दरबार अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको औईरो लागेको छ ।
स्वर्गिय जिग्मे पलवर बिष्टको परिवारमा धर्मपत्नी सिटुल पलवर बिष्ट र एक छोरा जिग्मेसिग्मे पलवर बिष्ट छन् ।










प्रतिक्रिया दिनुहोस्