Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो


0
Shares

सोमबार भैरहवा विमानस्थलमा अवतरणकोक्रममा टायर पञ्चर भएपछि विमान धावनमार्गमै रोकिएको थियो ।

विमानमा पाइलट र को–पाइलटमात्र सवार रहेको एयरलाइन्सले जनाएको छ । उनीहरु दुवैजना सकुशल छन् ।

विमानलाई धावनमार्गबाट हटाएर अरु उडान नियमित गरिएको छ ।

काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो ।

यही जहाज यसअघि पनि भैरहवामै ल्यान्ड गर्दा टायर पञ्चर भएर दुर्घटना भएको थियो ।