Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दुम्सी मार्न थापेको धरापमा महिला परिन्


0
Shares

मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिए ।

चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौंको बीएन्डबी अस्पतालमा उपचारका लागि लगिएको छ ।

स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पाल्पा पठाएको छ ।

घरनजिकै बारीमा दुम्सी मार्नका लागि अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा बुढाथोकी प्रहरी नियन्त्रण परेको जिसीले बताए ।

भरुवा बन्दुकमा खुट्टाले टेक्दा पड्केपछि चिनाको खुट्टामा छर्रा लागेको प्रहरीले बताएको छ । रासस