Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


युरोपेली संघका मिसन प्रमुख र प्रधानमन्त्री देउवाबीच भेट, ‘निर्वाचनमा पर्यवेक्षण गर्ने’


0
Shares

सिंहदरबारमा सोमबार भएको भेटमा युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्का र प्रधानमन्त्री देउवाबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराइले जानकारी दिए ।

सो अवसरमा प्रमुख पर्यवेक्षक जोब्कोले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

उनले निर्वाचनमा आफूहरुले प्रभावकारी रुपमा पर्यवेक्षण गर्ने र निर्वाचनमा देखेको कुरा सुझावका रुपमा सरकारलाई बुझाउने जानकारी गराएको परराष्ट्र सल्लाहकार डा.भट्टराईले बताए ।

भेटमा प्रधानमन्त्री देउवाले आफूहरु सबै दलको सहमतिमा मुलुकमा लोकतान्त्रिक प्रक्रिया संस्थागत गर्न लागेको भन्दै निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न हुने बताएका थिए ।

सोमबारै प्रधानमन्त्री देउवासँग नेपालका लागि म्यानमाका राजदूत ल्विन ओले बिदाइ भेट गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरुबीच दुई मुुलुकको आपसी सम्बन्ध र हितका बारेमा कुरा भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले राजदूत ओलाई सफल कार्यकालका लागि बधाई दिएका थिए । राजदूत ल्विन ओ नेपालका लागि राजदूतका कार्यकाल समाप्त गरी स्वदेश फर्कदै छन् । रासस