तनहुँ । तनहुँ विमल नगरको चुनपहरा अहिले रक क्लायम्बिङ् गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै गएको छ ।
बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा रक क्लायम्बिङ गर्न आउने मानिसको संख्या दैनिक बढ्दो छ ।
विमलनगर सिद्धगुफा समितिका अध्यक्ष लालकुमार श्रेष्ठले आरोहणका लागि चुनपहरामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको बताउनुभयो । रक क्लायम्बिङ रमाइलो र साहसिक खेल हो ।
यो खेलमा डोरीको सहायताले पहाडमा चढ्ने गरिन्छ । चुनपहरालाई रक क्लायम्बिङका लागि उपयुक्त गन्तव्य बनाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।
विशेषगरी असोज, कार्तिक, मंसिर, पौष, माघ, फागुन र चैत महिना चट्टान आरोहण गर्ने सिजन मानिन्छ ।
एकैचोटी ६० जना आरोहीले पहरामा अभ्यास गर्न मिल्ने प्राकृतिक ठाउँ भएकाले यो धेरै जनाले अभ्यास गर्न मिल्ने नेपालमै पहिलो ठाउँ भएको दावी गरिएको छ ।
२०६४ सालबाट सञ्चालनमा आएको चुनपहरामा हालसम्म झण्डै १० हजार आरोहीले आरोहण गरेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्