यसका निक्षेपकर्ताको करिब ७ अर्ब रुपैयाँ निक्षेप डुबेको छ ।
सहकारीका सन्चालक सुधीर बस्नेतले हाउजिङ र अग्नि एअरलाइन्समा लगानी गर्नाले निक्षेप डुबेको सहकारीपीडित महिला हकहित संरक्षण समितिका अध्यक्ष कुन्ती पोखरेलले जानकारी दिइन् ।
ओरेन्टल सहकारीका १३५ शाखामा करिब १२ हजारजना सदस्य रहेको जनाइएको छ ।
मंगलबार राजधानीमा करिब ५०० पीडितले निक्षेप फिर्ताको माग गर्दै नयाँबानेश्वरदेखि हनुमानस्थानसम्म र्याली निकालेका हुन् ।
समितिले निर्वाचनअगाडि नै सम्पत्ति व्यवस्थापन आयोग गठनसहितको माग राखी सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको पोखरेलले जानकारी दिइन् ।
मागअनुरुप मन्त्रालयले एक हप्ताभित्र समिति गठन गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्