Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेप्सेको ‘अनलाइन ट्रेडिङ सिस्टम’ अगामी जेठसम्म


0
Shares

मंगलबार राजधानीमा एक्सचेन्जले पत्रकार सम्मेलन गरी वाइसीओ प्रालिले नेप्सेलाई जेठसम्म सिस्टम हस्तान्तरण गर्ने जनाएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा वाइसीओले नेप्सेलाई ‘सिस्टम रिक्वारमेन्ट स्पेसिफिकेसन डकुमेन्ट’ पेस गर्नुपर्नेछ ।

वाइसीओले एसआरएस डकुमेन्ट भने पेस गरिसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

एसआरएस डकुमेन्ट अध्ययन समितिले वाइसीओबाट प्रस्तुत् डकुमेन्ट कात्तिक महिनाभित्र स्वीकृत गर्ने चरणमा पुगेको नेप्सेले जनाएको छ । सिस्टमका लागि नेप्सेले आवश्यक हार्डवयेर प्राप्त गरिसकेको छ ।

चरणबद्धरुपमा गर्नुपर्ने भुक्तानी पनि गरिसकेको प्रमुख कार्यकारी अधिकृत साउदले जानकारी दिए ।

सिस्टमले दोस्रो बजारको कारोबारलाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा नेप्सेले गरिरहेको काम र आगामी योजनाबारे जानकारी गराइएको थियो ।