
अब करिब १२ सय मिटरमात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।
आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्