
काठमाडौं, पुस १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरुबीच मेलमिलाप हुन नसके देश कम्युनिस्टहरुको फन्दामा फस्ने चेतावनी दिएका छन् ।
४३औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा राप्रपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा थापाले ‘नेपालको अस्तित्व रक्षा गर्न जनता र राजा मिल्नैपर्छ’–भने ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्र नेपालीले वर्तमान सरकारले राष्ट्रिय मेलमिलाप गराउन नसकेको आरोप लगाए ।
त्यस्तै, कांग्रेस नेताहरु भक्ति सिटौला, हरिबोल भट्टराईलगायतले पनि मेलमिलापको महत्वको विषयमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्