महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीकाअनुसार आगोलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
सो घटनामा परी दुईजना घाइते भएकामा उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीकाअनुसार आगोलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
काठमाडौं र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगोलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगोलागीको कारणबारे अनुसन्धान भइरहेको छ । आगोलागीबाट जयन्ती पेट्रोलपम्पको स्टोरमासमेत क्षति भएको छ ।
समयमै आगोलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
‘पेट्रोलपम्पमा आगोलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ’–उपरीक्षक क्षत्रीले भने ।
आगोलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीको भनाइ छ । रासस










प्रतिक्रिया दिनुहोस्