Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


गुल्मीको पौदीअमराईमा लिफ्ट खानेपानी योजना निर्माण हुँदै


0
Shares

मुसिकोट नगरपालिका–१ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका बासिन्दालाई अब भने एक वर्ष भित्रमै पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाइ परियोजनामार्फत छोरधारा बाङ्गेको मूलको पानीलाई ३९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्केपोखरीमा संकलन गरेर खानेपानी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कुँवरले बताए ।

आँउदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६÷३६, मुसिकोट नगरपालिकाको १०, उपभोक्ताहरुको श्रम १७ र नगद एक प्रतिशतसहित संयुक्त रुपमा कूल रु एक करोड ३५ लाख तीन हजार ३३३ को आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको संयोजक कुँवरले जानकारी दिए ।

उक्त योजनामार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत १६९ घरधुरीका ८८७ जनसङ्ख्या र भगवती निमावि र छत्रभूमि बोर्डिङ स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी र वडा कार्यालय समेतका संस्था खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ । (रासस)