१३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर थुपारिँदै आएको नुवाकोटस्थित सिसडोलमा अब बढीमा छ महिनासम्म मात्र फोहर राख्न सकिने भएकाले तत्काल अर्को स्थान तय गर्नुपर्ने भएकाले केन्द्र सरकारसँग यस किसिमको माग गर्ने भएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।
अघिल्लो शुक्रबार काठमाडौं उपत्यकाका १८ नगरपालिकाका प्रमुखको बैठकले दीर्घकालीन ‘ल्यान्डफिल साइट’भन्दा पहिले अस्थायी ‘ल्यान्डफिल साइट’ निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकालेकाले यस किसिमको माग गर्ने जनाएका हुन् ।
सरकारले विसं २०५२ देखि नै दीर्घकालीन ‘ल्यान्डफिल साइट’ निर्माण गर्ने भन्दै हाल फोहर व्यवस्थापन गरिएको स्थानभन्दा दुई किमी पर बन्चरेडाँडामा १७०० रोपनी जग्गा लिइसकेको छ ।
केन्द्र सरकार र कामपाले बन्चरे डाँडालाई नै स्थायीरुपमा फोहर संकलन गर्ने स्थान बनाउने बताए पनि काम अघिबढ्न सकेको छैन । कामपाले फोहर व्यवस्थापन गर्ने स्थान केन्द्र सरकारले व्यवस्था गर्नुपर्ने, कि त बजेटसहित स्थानीय सरकारलाई निर्माणको जिम्मा दिनुपर्ने माग राख्दै आएको छ ।
काम अघि नबढेकाले बन्चरेडाँडामा कहिलेदेखि फोहर संकलन गर्न पाइने कुरा यकिन नभएकाले हालका लागि अस्थायी फोहर राख्ने स्थान अत्यावश्यक रहेको कामपाको भनाइ छ ।
उपत्यकाका १८ नगरपालिकामध्ये १२ नगरपालिकाको फोहर सिसडोलमा फाल्ने गरिएको छ । हरेक दिन काठमाडौं उपत्यकाको ८०० मेट्रिक टन फोहर सिसडोल लाने गरिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्